विश्वकप फुटबलमा उरुग्वे समूह चरणबाटै बाहिरियो

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १२:२५ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेलमा घानालाई २९० ले पराजित गरे पनि उरुग्वे समूह चरणबाटै बाहिरिएको छ ।

समूह एफको अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २९१ ले पराजित गरेपछि कोरिया र उरुग्वेको समान ४ अंक र गोल अन्तर पनि समान भएको थियो ।

तर, समूह चरणमा धेरै गोल गरेका कारण कोरिया भाग्यमानी बन्दै समूह को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गर्‍यो । उरुग्वेका लागि जर्जियन डे अराकाएटाले दुवै गोल गरे । उनले २६औं र ३२औं मिनेटमा गोल गरे । त्यसअघि घानाले पेनाल्टीको अवसर पाए पनि गोल गर्न सकेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us