विश्वकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदै

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते ११:०५ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ ।

समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हो । आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् ।

जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे बाट सुरु हुनेछ ।

समूह ए मा अपराजित रहेको नेदरल्याण्ड ७ अंक जोडेर समूह विजेता बनेको थियो । यस्तै अमेरिका समूह बी को उपविजेता बन्ने क्रममा अपराजित रह्यो ।

पहिलो खेलमा अमेरिकासँग १९१ को बराबरीमा रोकिएको अमेरिकाले दोस्रो खेलमा इंग्ल्याण्डलाई गोलरहित बराबरी रोकेको थियो । निर्णायक तथा अन्तिम खेलमा इरानलाई १–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान रहेको थियो ।

यस्तै समूह सी को विजेता अर्जेन्टिना र समूह डी को उपविजेता अष्ट्रेलियाबीच दोस्रो खेल हुनेछ । यो खेल अहमद बिन अली स्टेडियममा हुनेछ ।

पहिलो खेलमै साउदी अरेबियासँग अग्रता लिएर पनि २९१ ले स्तब्ध बनेको अर्जेन्टिनाले त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २९० को नतिजामा हराउदै ६ अंक जोडेर समूह विजेता बनेको हो । ने

दरल्याण्ड र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेलको विजेता पहिलो क्वाटरफाइनलमा भिड्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us