धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १०:५५ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गरेको बा १ ज ८३९६ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले बताए ।

मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुर रहेका छन ।

घाइते ९ जनाको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ भने एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

जन्ती बोकेको जीपलाई ठक्‍कर दिने ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दिपक रायले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us