विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदै

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते १४:३४ मा प्रकाशित

काठमाण्डु,१६ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ ।

आज समूह जी र एचका दुई–दुई खेल हुँदैछ । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुने छ ।

यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ ।

अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । अहिलेसम्म सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको छ । जसमा युरोपबाट सबैभन्दा धेरै ७ टिम रहेका छन् ।

यस्तै अफ्रिकाबाट २ टिम दक्षिण अमेरिकाबाट २ टिम , एसियाबाट २ टिम अनि उत्तर अमेरिकाबाट अमेरिकाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us