बेल्जियम विश्वकप फुटबलबाट बाहिरिए पछि मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते १२:०१ मा प्रकाशित

काठमाण्डु,१६ मंसिर– बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् ।

गए राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो ।

४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् । उनी २०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us