जर्मनी विश्वकप फुटबलबाट बाहिरियो

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते ११:१६ मा प्रकाशित

काठमाण्डु,१६ मंसिर– जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो ।

गएराति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।

यता कोस्टारिकाले खेलको ५८ औं मिनेटमा बरारबी गोल फर्कायो । उसका लागि येल्त्सिन तेजेडाले गोल गरे । खेलको ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए ।

काइ हार्भट्जले खेलको ७३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा ल्याए । खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४–२ को जित दिलाए ।

जित निकाले पनि जर्मनी समूह ‘ई’ मा तेस्रो स्थानमा स्थानमा रहेर प्रतियोगिताबाट बाहीरीहेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us