जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १३:२२ मा प्रकाशित

काठमाण्डु,१४ मंसिर– २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाँचथरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us