लागु औषधसहित तीन जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १४:५६ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– प्रहरीले कञ्चनपुरबाट अवैध लागु औषधसहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा
४६ वर्षीय कर्ण विकसहित तीन जना रहेका छन ।

बेलौरी नगरपालिका–७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us