स्वतन्त्रलाई पराजित गर्दै सुनसरी–१ बाट अशोक राई निर्वाचित

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते ७:५० मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेता अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

एमाले समर्थनमा उम्मेदवार भएका राई १७ हजार ५९ मत ल्याएर राई निर्वाचित भएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गरे । तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी छन् । मतगणनाको सुरुदेखि नै पछाडि परेका राई पछिल्लो मतगणनामा अगाडि आएर निर्वाचित हुन पुगे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us