फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र एफका चार खेल हुँदै

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १४:१६ मा प्रकाशित

काठमाण्डु ,११ मंसिर- कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफ का चार खेल हुँदैछन् ।

खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुने छ। पहिलो खेल समूह ई मा रहेका जापान र कोस्टारिकाबीच हुनेछ ।भने समूह एफ अन्तर्गत बेल्जियम र मोरक्को खेल हुने छ। ख्ेल बेलुकी पौने ७ बजे हेने छ। त्यस्तै तेस्रो खेल क्यानडा र क्रोएसियाले खेल्नेछन् ।

खेल राती पौने १० बजे हुने छ। दुवै टोली जारी विश्वकपमा पहिलो जितका लागि प्रयासरत रहनेछन् । आज राती पौने १ बजे पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीको खेल हुदै छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us