ट्युनिसियाविरुद्ध पहिलो हाफमा अस्ट्रेलियाको अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १७:२० मा प्रकाशित

काठमाण्डु,१० मंसिर– कतारमा जारी विश्वकपमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको गोलको मद्दतमा अस्ट्रेलियाले खेलको २३ औँ मिनेटमा अग्रता बनाएको हो ।

योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी भएका छन । समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us