विश्वकपमा आज चार खेल

काठमाण्डु टुडे २०७९ मंसिर ८ गते ९:३२ मा प्रकाशित

काठमाण्डु, ८मंसिर- फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् ।

बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहर रहेका छन। आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

बिहीबार हुने चौथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ’जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us