प्रचण्ड भारी मतान्तरसहित निर्वाचित

काठमाण्डु टुडे २०७९ मंसिर ८ गते ६:१० मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२६ हजार १ सय ३ मतसहित प्रचण्ड निर्वाचित भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरे ।

दुई उम्मेदवारबीचको मतान्तर १३ हजार ४ सय ६६ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us