म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको करार रद्द गर्ने तयारी

काठमाण्डु टुडे २०७९ मंसिर ३ गते १२:४५ मा प्रकाशित

काठमाण्डु,३ मंसिर– पियर्स मोर्गनसँगको सनसनीपूर्ण अन्तवार्तापछि म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको करार रद्द गर्ने सुरु गरेको छ ।

‘द’ एथ्लेटिकका अनुसार युनाइटेडले रोनाल्डोमाथि कानुनी कारबाहीको तयार गर्दै उनीसँगको करार भंग गर्ने सोच बनाएको हो ।

शुक्रबार मात्र युनाइटेडले ‘आवश्यक कदम’ चाल्ने बताउँदै विज्ञप्ति जारी गरेको थियो । ३७ वर्षीय पोर्चुगिज खेलाडीले मोगर्नको टक टिभीमा गरेको अन्तर्वार्तामा युनाइटेडका मालिकदेखि खेलाडी र म्यानेजरसम्मको आलोचना गरेका थिए ।

उनको अन्तवार्तापछि युनाइटेडकै पूर्व खेलाडी ग्यारी नेभिलले रोनाल्डोलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us