नेपालले युएईलाई ३ विकेटले हरायो,

काठमाण्डु टुडे २०७९ कार्तिक ३० गते १६:४६ मा प्रकाशित

काठमाण्डु,३० कातिक– मध्यक्रमले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि जित निकालेको छ ।

बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनाए थियो । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक ३७ रनको योगदान गरेका छन । त्यस्तै कुशल भुर्तेलले ३५ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिले ३२ तथा आरिफ शेखले ३३ रन बनाए । यूएईका लागि रोहन मुस्तफाले तीन विकेट लिए ।

त्यस्तै साविर अलीले दुई विकेट लिँदा बसिल हामेदले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

यूएईका लागि मोहमद वसिमले ५० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै अलिसान सरुफले ३५ रन बनाउँदा अरविन्दले २५ तथा बसिल हामेदले २४ रन बनाए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us