काठमाण्डु,२५ कातिक–३० कातिकमा पाकिस्तान सँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले आज (शुक्रबार) २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।
टिममा कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुलाई समावेश गरिएको छैन । गोलकिपर किरण हाल आई–लिगका लागि राउण्ड ग्लास पञ्जावमा आबद्ध भएका छन् र उनी भारतमा लिगका लागि तयारी गरिरहेका छन् ।
यस्तै आवास लामिछानेले पहिलो पटक राष्ट्रिय टिममा स्थान पाउँदा ६ खेलाडीले पुनरागमन गरेका छन् । यसअघि बंगलादेश विरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा टिममा नरहेको नवयुग श्रेष्ठ, सुनिल बल, आयुष घलान, पुजन उपरकोटी, गौतम श्रेष्ठ र निशान खठ्काले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।