काठमाण्डु,२२ कातिक – यूईएफए युरोपा लिग फुटबलको नकआउट चरण प्ले अफको ’ड्र’ सार्वजनिक भएको छ। यूईएफएले सोमबार राति नकआउट चरणको ’ड्र’ सार्वजनिक गरेको हो।
सार्वजनिक ’ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ । इटालियन क्लब युभेन्ट्सले फ्रेन्च क्लब नान्टेससँग खेल्दा स्पेनिस क्लब सेभियाले डच क्लब पीएसभीसँग भिडदै छ ।
अर्को इटालियन क्लब रोमाले अष्ट्रियन क्लब साल्जबर्गसँग खैल्दै छन भने जर्मन क्लब लिभरकुसनले फ्रेन्च क्लब मोनाकोसँग खेल्दै छ ।
डच क्लब आयाक्सले जर्मन क्लब युनियन बर्लिनसँग खेल्दा फ्रेन्च क्लब रेनसले युक्रेनियन क्लब शाख्तर डोनेस्क सगँ खेल्दै छ । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले डेनिस क्लब मिड्जील्याण्डसँग खेल्ने भएका छन । नकआउट चरणको पहिलो लेग फेब्रुअरी १६ मा हुनेछ।