काठमाण्डु,१९ कातिक – साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ ।
ढाकामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुनेछ ।बलियो टोली बंगलादेशसँग जित निकाल्दै नेपाल उपाधिमा आफूलाई बलियो सावित गर्ने योजनामा छ ।
नेपाल आज लगातार दोस्रो जितको खोजिमा हुनेछ । नेपालले बिहीबार भएको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो । नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ भने बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान छ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।