
एजेन्सी– दक्षिण कोरियामा बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित पुष्टि भएका छन । यससँगै त्याहाँ कुल कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन ।
दक्षिण कोरिया दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको संख्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजार आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जनाएको छ ।
त्याहाँ कोरोना सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्युको भएको छ । यो सँगै त्याहाँ हालसम्म कोरोान सङ्क्रमणको कारण २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।