बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल आउने

काठमाण्डु टुडे २०७९ असोज १५ गते ११:२० मा प्रकाशित

काठमाण्डु,१५ असोज– बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् । उनी माथि एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका बसेका थिय ।

उनले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताए । ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त समेत गरे ।

उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन् । केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका छन । उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा दर्ज भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us