मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाण्डु टुडे २०७९ असोज १४ गते १७:०१ मा प्रकाशित

काठमाण्डु,१४ असोज– काठमाण्डुको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नं को मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको छ ।

बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् ।

मोटरसाइकलको पछाडि बसेका एकजना घाइतेको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us