माओवादीले पाउने भयो प्रतिनिधिसभाका यी क्षेत्र

काठमाण्डु टुडे २०७९ असोज १३ गते ९:१४ मा प्रकाशित

काठमाण्डु, १३ असोज– माओवादी केन्द्रले सत्ता गठबन्धनबीचको भागबण्डामा प्रतिनिधिसभाको प्रत्यक्षमा ४९ सिट पाउने करिब पक्का भएको छ ।

गठबन्धनको बुधबार राति अबेरसम्म बसेको बैठकले सिट बाँडफाँटमा करिब सहमति जुटाएको हो ।

माओवादीले झापाको २ र ५, भोजपुर, मोरङ को ४ र ५, सोलुखुम्बु, उदयपुर–२, सिरहा–३, धनुषा–१, महोत्तरी–१, सर्लाही– ३, सिन्धुली १, नुवाकोट–१, काठमाण्डु–२ र ९, काभ्रे–१, सिन्धुपाल्चोक–१, चितवन–३, गोरखा १ र २, लमजुङ–१, कास्की–३, बागलुङ– २, कपिलबस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम –१,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुमपश्चिम, अछाम–१, कैलाली–२ र ३ बैतडी, कञ्चनपुर–१ पाउने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us