सल्यानमा जिप दुर्घटना, बालकसहित ८ को मृत्यु

काठमाण्डु टुडे २०७९ असोज १२ गते ७:२४ मा प्रकाशित

सल्यान– १२ असोज– सल्यानमा गएराति जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

रा१ज ५६३ नम्बरको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा राति करिब सवा १ बजेतिर दुर्घटना हुँदा एक बालकसहित ८ जनाको घटनास्थलमै ज्यान गएको हो । मृतक एक महिला र सात पुरुष छन् ।

दुर्घटनामा एक जना घाइते भएका छन् । जिप सडकबाट करिब ७० मिटर तल खसेको इलाका प्रहरी कार्यालय कपुरकोटल जनाएको छ । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसीले हालसम्म मृतक कसैको परिचय नखुलेको बताए । स्थानीयले दिएको जानकारीअनुसार नेपालगञ्जमा बिहे भोजमा सहभागी भएर घर फर्कंदै गरेकाहरु सवार जिप दुर्घटना भएको केसीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us