भक्तपुरमा भोलिदेखि ख्वप फुटसल टुर्नामेन्ट

काठमाण्डु टुडे २०७९ असोज ११ गते १३:१८ मा प्रकाशित

भक्तपुर, ११ असाेज –  भक्तपुरमा ख्वप कलेज फुटसल टुर्नामेन्ट २०७९ हुने भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा बुधबारदेखि हुन लागेकाे टुर्नामेन्ट दुई दिन चल्नेछ । 

प्रतियोगितामा उत्कृष्ट टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । प्रतियोगिता अन्तर्गत छात्र र छात्रा गरी दुई समूहमा हुनेछन् ।

 पहिलो दिन छात्रतर्फ आठवटा र छात्रातर्फ चारवटा खेल हुनेछन् । प्रतियोगितामा कजेको विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशाश्त्र संकायमा स्नातकदेखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी हुने जनाइएको छ ।

प्रतियोगिता भक्तपुरको सूर्यविनायकस्थित हेल्थी फुटसल इटबु सूर्यविनायकमा हुने जनाइएको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us