इटाली फाइनल चरणमा

काठमाण्डु टुडे २०७९ असोज ११ गते ११:४२ मा प्रकाशित

 काठमाण्डु,११ असोज– हंगेरीलाई २-० ले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक-एक गोल गरे ।

२७औं मिनेटमा रास्पाडोरीले सुरुआती गोल गरे । ५२ औं मिनेटमा फेडेरिकोले दोस्रो गोल गरे ।

जितसँगै लिग ए समूह ३ बाट इटालीले ६ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।  हंगेरी १० अंक जोडेर दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३-३ गोलको बराबरी खेले । जर्मनी तेस्रो स्थानमा रह्यो भने इंग्ल्यान्ड पुछारमा रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us