मेस्सीको उत्कृष्ट पासमा नेयमारको गोल

काठमाण्डु टुडे २०७९ भदौ २६ गते ९:०० मा प्रकाशित

काठमाण्डु, २६ भदौ– फ्रेन्च लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्रेस्टलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

स्टार खेलाडी लियोनल मेस्सीको सहयोग र अर्का स्टार नेयमारको निर्णायक गोलमा पिएसजीले जित निकालेको हो ।

खेलको ३०औं मिनेटमा ब्राजिलियन स्टार खेलाडी नेयमारले मेस्सीको उत्कृष्ट पासमा गोल गरे । जारी लिगमा नेयमारको सातौं खेलमा आठौं गोल हो । मेस्सीले भने ७ खेलमा ७ असिस्ट र ३ गोल गरेका छन् ।
जितसँगै पिएसजी ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थान छ ।

ब्रेस्ट ५ अंक जोडेर १७औं स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us