एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगको सप्ताहन्तका खेल स्थगित

काठमाण्डु टुडे २०७९ भदौ २५ गते ८:०२ मा प्रकाशित

काठमाण्डु, २५ भदौ–  बेलायतकी महारानी एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगले सप्ताहन्तका सम्पूर्ण खेलहरु स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार, आइतबार र सोमबार हुने तालिका रहेका १० खेलहरु स्थगित गर्ने निर्णय गरिएको प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘हामी र हाम्रो क्लब उहाँले देशका लागि गर्नुभएको योगदानप्रति श्रद्धान्जली अर्पण गर्न चाहन्छौ ।’

बेलायतमा ७० वर्षसम्म शासन गरेकी एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us