साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको जित

काठमाण्डु टुडे २०७९ भदौ २४ गते १९:१३ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गरेको छ ।

पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो ।

श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न खेलमा एक गालले पछि परेको अवस्थाबाट नेपालले पहिलो हाफमा बराबरी गरेको थियो ।

खेलको २५औं मिनेटमा डेनी मैतेइलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको निर्धारित समयको एक मिनेट बाँकी रहँदा नेपालका सरोज दर्लामीले गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफमा नेपालका लागि उनेश बुढाथोकी र सुवास बमले गरेका थिए । खेलको ४९औं मिनेटमा गोल गर्दै उनेशले अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा गोल गर्दै सुवासले अग्रतालाई  ३–० मा पुर्‍याएका थिए ।

आजको खेलमा जित निकालेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us