भारतीय राजदूतले भेटे बाबुराम भट्टराई

काठमाण्डु टुडे २०७९ भदौ ७ गते २२:३५ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटेका छन् ।

भट्टराईलाई भेट्न राजदूत श्रीवास्ताव मंगलबार उनको टोखास्थित निवास पुगेका थिए । राजदूतले आफूलाई भेटेकोबारे भट्टराई आफैंले ट्वीटमार्फत सार्वजनिक गरेका छन् । भेटघाटको तस्बिर सार्वजनिक गर्दै उनले नेपाल र भारतबीचका आपसीहितका विषयमा विचार विमर्श भएको लेखेका छन् ।

श्रीवास्तव राजदूतको जिम्मेवारी सम्हाल्न गत ११ असारमा काठमाण्डु ओर्लिएका थिए । तत्कालीन भारतीय राजदूत विजयमोहन क्वात्रा विदेश सचिवमा बढुवा भएर गएपछि भारत सरकारले श्रीवास्तवलाई राजदूतको जिम्मेवारीमा पठाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us