सूर्य चिन्हबाट चुनाव नजित्ने भएपछि हँसिया हथौडा रोजेंः वामदेव

काठमाण्डु टुडे २०७९ साउन ३१ गते २०:३८ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले प्रतिनिधिसभामा जित सुनिश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावमा जान लागेको बताएका छन् ।

निर्वाचन आयोग परिसरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जितको निश्चितताका लागि आफूले नै माओवादी केन्द्नका अध्यक्ष प्रचण्डसँग हँसिया हठौडा चिन्ह मागेको बताए ।
सूर्य चिन्हबाट चुनाव लड्दा जित्ने निश्चित नभएकाले आफू माओवादी चिन्ह बोकेर चुनावमा जान लागेको वालमदेवले उल्लेख गरे । ‘गोलाकारभित्रको हसिया हथौडा भएको चुनाव चिह्नबाट म चुनाव लड्छु भनेर मैले इच्छा जाहेर गरेको हो’, उनले भने, ‘त्यसो गर्न म किन बाध्य भएँ भने त्यसो गरेपछि गठबन्धनले नलिइकन पनि म गठबन्धनमा सामेल हुन्छु, र मेरो जित सुनिश्चित हुन्छ ।’
गौतमले आफू सत्तारुढ दलको गठबन्धनमा सामेल नभएको तर मओवादी केन्द्रसँग गठबन्धन गरेको टिप्पणी गरे । ‘म गठबन्धनमा छैन, गठबन्धनमा छु भन्दा गठबन्धनको बैठकमा प्रतिनिधित्व गर्न जान प¥यो, म त्यसमा जाँदिन । माओवादीसँगको मात्र मेरो गठबन्धन हो’ उनले भने । उनले गठबन्धनमा प्रचण्डले पाउने सिटको हिस्साबाटै आफूले भाग पाउने बताए ।
माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेपछि ऐन– कानुनले जे व्यवस्था गरेको छ माओवादी केन्द्रसँग पनि त्यस्तै सम्बन्ध रहने गौतमले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us