माओवादी स्थायी कमिटी बैठक स्थगित

काठमाण्डु टुडे २०७९ साउन ३० गते १२:१९ मा प्रकाशित

 

काठमाण्डु, ३० साउन -नेकपा ९माओवादी केन्द्र०को आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक सरेको प्रचण्डको सचिवालयले जनकारी दियको छ ।बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको बतायको छ ।

भेलिको बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा र नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा पनि छलफल हुने सचिवालयले जनकारी दियको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us