केपी ओली भन्छन्ः मेरो भाई हलो जोतेर बसेको छ, सालोलाई पद दिएको छैन

काठमाण्डु टुडे २०७९ साउन २९ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, २९ साउन– एमाले अध्यक्ष केपी ओलीले आफू राजनीतिमा कहिल्यै नातावादमा नफसेको दाबी गरेका छन् ।

आइतबार राजधानीमा आयोजित ‘युवासँग केपी ओली’ कार्यक्रममा उनले आफ्नो भाई सांसद वा राजदूत नभएको र बनाउने मनसाय पनि नराखेको बताए ।

आफ्नो भाई १० कठ्ठा जमिनमा हलो जोतेर बसिरहेको उनको भनाइ थियो । ‘मेरो भाइ राजदूत हुन खोज्यो, फलानो कमिटीमा जान खोज्यो भन्ने सुन्नुभएको छ ?’, ओलीले भने, ‘मेरो भाइ १० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ ।’ ओलीले पदका लागि आफूले कहिल्यै भाई, बहिनी, श्रीमती र सालो अघि नसारेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us