काँग्रेस नेता प्रदीप गिरीलाई घाँटीको क्यान्सर

काठमाण्डु टुडे २०७९ साउन २६ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २६ साउन– काँग्रेस नेता प्रदीप गिरीलाई घाँटीको क्यान्सर भएको खुलेको छ ।

सांसदसमेत रहेका गिरी हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत छन् । काँग्रेस संसदीय दलका नेता मिन विश्वकर्माले बिहीबार विज्ञप्ति जारी गर्दै गिरीलाई घाँटीको क्यान्सर भएको बताएका छन् ।

विज्ञप्तिमा गिरीको अवस्था सुधारोन्मुख रहेको उल्लेख छ । गिरीको गत वर्ष भारतमा लामो समय उपचार गरिएको थियो । ‘गिरप् विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही समय पहिले नेपाल आउनु भयो’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँलाई निमोनिया देखिएकोले नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ ।’

विज्ञप्तिमा काँग्रेसका अर्का सांसद कर्मा घले पनि पोष्टेट क्यान्सरबाट पीडित रहेको र उनको पनि मुम्बइका विभिन्न अस्पतालमा उपचार गरिएको विकले बताए । नेपाल फर्केका कर्माको पनि केही दिनअघि मेडिसिटी अस्पतालमै उपचार गरिएको थियो ।

हाल उनी ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धीमा छन् । विज्ञप्तिमार्फत कांग्रेस संसदीय दलले गिरी र घलेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी र असपताल प्रशासनसँग आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us