काठमाण्डु, २३ साउन– भारतीय क्रिकेट टिमका पूर्वखेलाडी मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् ।
टिममा रहँदा प्रभाकर अलराउण्डर थिए । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो । यसअघि अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक रहिसकेका प्रभाकरले भारतका लागि ३९ टेस्ट म्याच र १ सय ३० एक दिवसीय खेल खेलेका छन् ।
यस्तै उनले रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेशका क्रिकेट टिममा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । तत्कालीन प्रमुख प्रशिक्षक श्रीलंकन मुलका क्यानेडियन नागरिक पुबुदु दासानायकेले गत ४ साउनमा राजीनामा दिएका थिए ।