अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम धेरै सस्तोः आयल निगम भने घटाउन नमिल्ने अडानमा

काठमाण्डु टुडे २०७९ साउन २३ गते ७:२० मा प्रकाशित

काठमाण्डु, २३ साउन– अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ ।

मूल्य घटेको आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुईपटक बिल पठाएको पनि छ । तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन ।

कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पार्छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट तेल खरिद गर्दै आएको छ । आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउँछ ।

निगमका अनुसार पछिल्लो १६ जुलाई र १ अगस्ट दुई पटकमा गरेर पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ ५७ पैसा, डिजेल २५ रुपैयाँ ७४ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ मूल्य घटेर आएको छ । निगम प्रवक्ता विनितमणि उपाध्यायले मूल्य घटेर आए पनि घाटा बढी भएकाले तत्काल मूल्य घटाउन नसकिएको बताए ।

घटेको मूल्य सूचीका आधारमा निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गर्नुपर्नेमा त्यो नगर्दा उपभोक्ता मारमा परेका छन् । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us