एमाले नेताद्वारा छोरी बलात्कार

काठमाण्डु टुडे २०७९ साउन १७ गते ८:१४ मा प्रकाशित

बारा, १७ साउन– बाराको जितपुर सिमरा उप–महानगरपालिका–१७ जैतपुरबाट छोरी बलात्कार आरोपमा बाबु पक्राउ परेका छन् ।

प्रहरीले छोरी बलात्कार आरोपमा प्रहरीले ४१ वर्षीया टल्के थिङलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका अवकाश प्राप्त सहायक निरीक्षक (असई) थिङ गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट जितपुर उपमहानगरपालिका–१७ का वडासदस्यमा निर्वाचित भएका थिए । उनले १ हजार ४५ मत पाएका थिए ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार थिङविरुद्ध छोरीले दिएको उजुरीमा आफूमाथि १४ वर्षदेखि लगातार बलात्कार गर्दै आएको उल्लेख छ । पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र थिङलाई हिरासतमा राखेर अनुसन्धन अघि बढाइएको सिमरा प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us