बुटवल, १५ साउन– शनिबार प्यूठानमा भएको जीप दुर्घटनामा घाइते भएका थप दुईको उपचारका क्रममा मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । रूपन्देही सिद्धार्थनगर नगरपालिका–४ की ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका–३ का ७० वर्षीय पटवारी कुहारको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो । मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका यात्रु सवार लु३च ३५३ नम्वरको जीप शनिबार प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते अरु १५ जनाको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।