काठमाण्डु, १ साउन– काठमाण्डुको १६ बालाजुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा५ख २८७२ नम्बरको बसले बा७०प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रोमन थापामगरको मृत्यु भएको हो ।
शनिबार भएको घटनामा गम्भीर घाइते भएका नागार्जुन नगरपालिका–१ रानीवनका २८ वर्षीय रोमन थापामगरको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।