माओवादी विद्यार्थी संगठनमा लफडा, असन्तुष्ट समूहको भेला आज

काठमाण्डु टुडे २०७९ असार १८ गते ८:१८ मा प्रकाशित

काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्र सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को असन्तुष्ट समानान्तर भेला आयोजना गरेको छ ।
उपाध्यक्ष पवन कार्की समूहले बानेश्वर कमर्स क्याम्पसमा भेला आयोजना गरेको हो । केही दिनअघि बसेको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन विवाद सम्मत नभएको भन्दै कार्की समूहले नाराबाजी गरेपछि अध्यक्ष पञ्चा सिंह र उपाध्यक्ष दिपेश पुनले प्रहरी बोलाएर उनीहरुलाई बैठकस्थलबाट बाहिर निकालेका थिए ।

सिंह र पुनको बहुमत रहेको केन्द्रीय समितिले कार्कीसहितका विद्यार्थी नेतालाई निलम्बन गरेको थियो । कार्कीले भेलाबाट १ सय ९९ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us