पाँचथरमा पहिरोले घर बगाउँदा तीन बेपत्ता

काठमाण्डु टुडे २०७९ असार १८ गते ७:५७ मा प्रकाशित

पाँचथर, १८ साउन– लगातारको वर्षासँगै पहिरोले घर बगाउँदा पाँचथरमा तीन जना बेपत्ता भएका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिका–७ का रुपलाल मगरको घर पहिराले बगाउँदा उनीसहित श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् बेपत्ता भएका हुन् ।

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने बाँच्न सफल भएका छन् । प्रहरीले अनुसार गएराति खसेको पहिरोले रुपलालको घर र गोठ बगाएको जनाएको छ ।

पाँचथर प्रहरीका नायब उपरीक्षक राकेश थापाले घटनास्थलमा हराएकाको खोजी जारी रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us