काठमाण्डु, १० असार– एसीसी महिला टी– २० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।
युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि पानी परेपछि खेल रद्द भएको थियो । खेल रद्द भएसँगै युएई फाइनल पुगेको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । तर, वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन ।
समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।