एमाले नेता कार्कीको घर अगाडि प्रेसर कुकर बम

काठमाण्डु टुडे २०७९ असार १० गते ७:२३ मा प्रकाशित

काठमाण्डु, १० असार– झापाको गौरादहस्थित एमाले नेता हिक्मत कार्कीको निवास अगाडि प्रेसर कुकरमा शंकास्पद बस्तु भेटिएको छ ।

प्रहरीले कार्कीको घर अगाडि सडकमा प्रेसर कुकर बमजस्तो शंकास्पद वस्तु फेला परेको जनाएको छ । कार्कीले सामाजिक सञ्जालमार्फत प्रेसर कुकर बमजस्तो देखिने बस्तु भेटिएको भन्दै तस्बरसहित पोष्ट गरेका छन् ।

कार्कीले किन र कसले त्यस्तो बस्तु राखेको भन्नेबारे छानबिन हुने बताए । यसैबीच नेपाली सेनाको टोलीले उक्त वस्तु निस्क्रिय पार्ने प्रयास गरिरहेको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us