शुक्रबार तोलामा ५०० रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ असार ३ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, ३ असार– नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us