सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाण्डु टुडे २०७९ असार २ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, २ असार– लगातार घटिरहेको नेपाली सेयर बजारमा आज बिहीबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको छ ।

त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३।१० अंकले बढेर ३८२ विन्दुमा पुगेको छ ।

कूल २२१ वटा कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये ११ वटा उपसमूहमा हरियाली छाउँदा लाइफ इन्स्योरेन्स समूह र लगानी उपसमूह भने घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us