जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने

काठमाण्डु टुडे २०७९ जेठ ३१ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने भएको छ ।

सरकारले बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेको छ ।

सोहि अनुसार कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेसँगै ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् ।

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us