सोमबार छापावाल सुनको मूल्य उकालो लाग्यो

काठमाण्डु टुडे २०७९ जेठ २३ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, २३ जेठ– सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ४०० थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २९० तोकिएको महासंघले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us