बजेट अनुशासनभित्र रहेर विनियोजन गरेको छुः अर्थमन्त्री शर्मा

काठमाण्डु टुडे २०७९ जेठ २० गते १५:०३ मा प्रकाशित

काठमाण्डु, २० जेठ– अर्थमन्त्री जनार्दन शर्माले आफूले बजेट अनुशासनभित्र रहेर निर्माण गरेको दावी गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेटमाथिको छलफलमा जवाफ दिँदै यस्तो बताएका हुन्।

उनले बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको दावी गरेका छन्। उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको छु। बजेट अनुशासनभित्र रहेर साधन, स्रोतको विनियोजन गरेको छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us