
काठमाण्डु, १७ जेठ– साताको तेस्रो दिन मंगलबार सेयर बजार ३५.५३ अंकले घटेको छ । १.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३७.९२ अंकमा आएको हो ।
आज १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भयो । यस कारोबारमा २ सय २९ वटा कम्पनीको ३७ लाख ६९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।
सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ५ करोड ३७ लाख ९८ हजार ८ सय बराबरको कारोबार भयो । भने, उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८।२३ प्रतिशतले बढेको छ