
काठमाण्डु, १५ जेठ– गैरआवासीय नेपालीले पनि धितोपत्रको दोश्रो बजारमा कारोबार गर्न पाउने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा त्यस्तो घोषणा गरेका हुन ।
शर्माले धितोपत्रको दोश्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न आवश्यक कानूनी व्यवस्था मिलाइने बनाए । यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पहिलो बजारमा शेयर निष्काशन गर्दा १० प्रतिशत अनुदानको व्यवस्था गरिने उल्लेख गरे ।