नेपाली क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो

काठमाण्डु टुडे २०७९ जेठ ११ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– नेपाल क्रिकेट संघ (क्यान) ले आगामी असोजमा सञ्चालन गर्न लागेको नेपाल टी–२० लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुने भएको छ।

क्यानको हिजो सम्पन्न बोर्ड बैठकले विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्नबीच प्रतिस्पर्धा गराउने निर्णय गरेको हो।

६ प्रदेशका टिम समावेश भए पनि कर्णालीको प्रतिनिधित्व गर्ने टिम भने समावेश गरिएको छैन।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो ।

क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ ।

क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us